वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।
डेविड मोयसको प्रशिक्षणमा घरेलु मैदानमा खेलेको वेष्ट ह्यामले लेस्टर सिटीलाई १–१ को बराबरी रोकेको हो । आठौं मिनेटमा मार्क अलब्राइटनको गोलबाट लेस्टर सिटीले सुरुवाति अग्रता लिएको थियो ।

तर ४५ औं मिनेटमा केइकाउ कुयाटीले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र दुवै टिमले एक एक अंक बाँड्न बाध्य भए ।
बराबरीपछि रेलिगेशन जोनमा रहेको वेष्ट ह्यामको १३ खेलबाट १० अंक भएको छ । ११ औं स्थानमा रहेको लेस्टर सिटीको १३ खेलबाट १४ अंक भएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like