रुखको हाँगाले चोट लागेर मृत्यु

दैलेख: दैलेखमा दाउराको लागि रुखको हाँगा काट्दै गर्दा हाँगाले लागेर शुक्रबार दिउँसो ३८ वर्षीय निरक विकको ज्यान गएको छ ।
नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको करेनगैरामा सुकेको मौवाको रुखमा हाँगा काट्दा उछिट्टिएर लागेको चोटले घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकिन्द्र खड्काले जानकारी दिनुभयो ।

घरदेखि झण्डै डेढ किलोमिटर तलको जंगलमा दाउरा काट्न आएका निरकको साथमा उनकी पत्नी रत्ना र नातेदार भिमबहादुर विक भएको प्रहरी जनाएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like