आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

काठमाडौं: निर्वाचन आयोगले पहिलो चरणमा आउँदो आइतबार मतदान हुने निर्वाचन क्षेत्रमा शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । आयोगले स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकालाई मतदाता परिचयपत्र वितरण गर्न लागिएको जनाएको छ ।

यस्तै भदौ ५ गते १८ वर्ष पूरा गरेका एंव नामावली सार्न र सच्याउन निवेदन दिएकाले पनि शुक्रबार र शनिबार मतदाता परिचयपत्र लिन सक्नेछन् । स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र लिइसकेकाले भने त्यहि परिचयपत्रको आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिनेछ । त्यसको लागि सकेसम्म मतदाता आफैं जानुपर्ने छ । मतदाता परिचयपत्र लिन आफैं जान नसकने अवस्थामा घरको परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like