कालिकोटमा १ हजार बढी कर्मचारी खटिए

कालिकोटः १ सय ९ मतदान केन्द्र रहेको कालिकोटमा आगामी १० गते हुने प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सबै कर्मचारीहरु मतदान केन्द्रमा खटिएका छन । चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान अधिकृत, प्रहरी र म्यादी प्रहरी खटिएका हुन् । ६४ हजार ९ सय मतदाता रहेको यस जिल्लामा सुरक्षाका दृष्टिकोणले अति सम्वेदनशिल मानिएको छ ।

जम्मा मतदान केन्द्र मध्य ६८ वटा अति संवेदनशिल, २९ संवेदनशिल र २ वटा मतदान स्थल मात्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे बताए । ‘सुरक्षा संवेदनशिलता हेरेर सुरक्षाको भरपुर व्यवस्था गरेका छौं’ उनले भने,‘३ सय ३५ सशस्त्र प्रहरी, ६ सय ५० जनपथ, ४ सय नेपाली सेना र ९ सय १३ जना म्यादी खटाइएको छ ।’

निर्वाचनलाई सम्पन्न गर्नका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा सुरक्षाकर्मी मतदान अधिकृतहरु खटाई सकिएको जिल्ला निर्वाचन कार्यालय कालिकोट प्रमुख मणिराम भट्टराईले बताए । मतदान अधिकृत सहायक सहित १२ सय ४६ जना कर्मचारी खटाइएको छ । ‘जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्’ उनले भने,‘अन्य निर्वाचन साम्रागी सबै ठाउँमा पुगिसकेको छ ।’

रारा सञ्चार अनलाइन प्रालीद्वारा सञ्चालित रारा सञ्चार अनलाइनलाई फेसबुकमा यहाँ र कर्णाली अनलाइनलाई यहाँबाट फ्लो गर्न नभुल्नुहोला ।

You May Also Like