६ महिने छोरोको हत्या गरेर बाबुले लेखे सुसाइड नोट – ‘किचकिचबाट मुक्त हुन म पनि मर्दैछु’

जुम्ला: जुम्लाको पातारासी गाउँपालिका–६ उर्थचौताराका २० वर्षीय बाबु क्षेत्रबहादुर बुढाले आफ्ना ६ महिनाका छोरा शाशिषको गएको सोमबार हत्या गरेका छन् । उनले छोराको घाँटी च्यापेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक डाक्टर तपन दाहालले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक पुनका अनुसार श्रीमत जंगलमा दाउरा लिन गएको बेला आफूले सोमबार बिहान ८ बजे बजे घाँटी च्यापेर मारेको स्वीकार गरेका छन् । एक वर्षअघि कतार बसेर आएका बुढाले छोरालाई मारेर आफू पनि मर्न सुसाईड नोट लखेको प्रहरीले जनाएको छ । नोटमा लेखिए अनुसार छोरालाई मारी आफू पनि मर्ने बाबु आमाबाट किचकिचबाट मुक्त हुने र श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख गरिएको प्रहरीले बताएको छ ।

बुढाले घरमा बाबु आमाको सँधै गर्ने किचकिच सहन नसकेर आफू मर्न चाहेको र आफ्नो छोरालाई पनि यही अवस्था आउने त होला भनि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । बुढा अहिले प्रहरी हिरासतमा छन् । उनलाई कर्तव्य ज्यान अन्तर्गतको मुद्दा लगाएर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
रारा सञ्चार अनलाइनः यहाँ
कर्णाली अनलाइनः यहाँ

You May Also Like