बर्दियाको चुनावमा कसले मार्ला बाजी ? यस्तो छ चुनावी रौनक

बर्दिया: मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका कारण बर्दियाका चोक, चौतारा र चिया पसलहरुमा चुनावकै चर्चा परिचर्चा छ । चुनाव कसले जित्छ ? कसले हार्छ ? भनेर मतदाताहरुले आँकलन गरिरहेका छन् । बर्दियामा प्रमुख पार्टीहरु अर्थात दुबै गठबन्धनबिच नै कडा प्रतिस्पर्धा हुने देखिएपछी चुनावी माहोल रोचक बनेको छ । बर्दियाको २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुबै गठबन्धनका चारै जना उम्मेदवार मन्त्रि र केन्द्रीय स्तरका नेता भएका कारण पनि बर्दियाको चुनावी माहोल रोचक बनेको हो ।

बर्दियालाई बामपन्थीहरुको किल्लाको रुपमा हेरिने गरिन्छ । त्यसैले माओबादी केन्द्रका अध्यक्ष प्रचन्ड बर्दियाबाट चुनाव लड्ने चर्चा पनि भएको थियो । भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावमा माओवादी केन्द्र र एमालेको मतलाई आधार मानेर हेर्ने हो भने वाम गठबन्धन बलियो मानिन्छ, तर चुनावी माहोल यसैहोला भन्न सकिने अवस्था छैन ।

बर्दियाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा दुई गौतम बिच प्रतिस्पर्धा हुँदैछ । लोकतान्त्रिक गठवन्धनबाट हालका सिँचाईमन्त्री एवं नेपाली काँग्रेस बर्दियाका जिल्ला सभापति सञ्जयकुमार गौतम र वाम गठबन्धनबाट नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान र गृहमन्त्री समेत बन्नुभएका बामदेव गौतम चुनावी मैदानमा उत्रिएपछी दुई गौतम बिच प्रतिस्पर्धा हुने भएको हो ।

बामदेव गौतमले बर्दियाबाट पटकपटक जित हाँसिल गरेपनि एकपटक जीत हाँसिल गर्नु भएका सञ्जयकुरमार गौतमको उम्मेदवारीले चुनावी परिणामलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सिँचाई मन्त्री सञ्जयकुमार गौतम पनि कमजोर प्रतिस्पर्धी नभएको स्थानीयबासी बताउँछन् ।

बर्दियाबाट ५ पटक चुनाव लड्नु भएका एमाले उपाध्यक्ष बामदेव गौतम तीन पटक निर्वाचित हुनुभएको थियो । २०७० सालमा बर्दिया र प्युठान दुवै स्थानबाट जितेपछि बर्दिया छोडेर प्युठान रोज्नु भएको थियो । यसअघि २०७० सालको चुनाव जीतेर पनि बर्दिया छोड्नुले यस क्षेत्रका स्थानीयबासी रुष्ट बनेका छन् । गाउँगाउँमा उहाँको आलोचना र प्रशंसा दुबै हुने गरेको पाइएको छ । त्यसकारण पनि यसपटक उहाँलाई चुनाव जीत्न त्यत्ति सजिलो देखिएको छैन ।

कतिपयले उहाँ विरुद्ध विगतका चुनावमा दिएको आश्वासन पूरा नगरेको आरोप लगाउने गरेका छन् । प्रजातन्त्रपछि संसदीय चुनावमा जमिनदारी विरुद्ध ‘जसको जोत उसैको पोत’ भन्ने नाराले बामदेवले निम्न वर्गको साथ पाउनु भएको थियो । उहाँले कृषिको व्यवसायीकरण, उद्योगको विस्तार र सडक निर्माणलाई मुख्य एजेन्डा बनाउनु भएको थियो । मतदाताले उहाँले आफूले गरेको बाचा पूरा नगरेको आरोप लगाउने गरेका छन् । उहाँ भने बहुमतको सरकार नभएकाले बाचा गरेका सबै काम पूरा गर्न नसकेको बताउनुहुन्छ ।

यसपटक उहाँले विकास योजना’bout जे बोलेको छु, त्यसलाई रेकर्ड गरेर राख्न मतदातालाई आव्हान गर्नु भएको छ । ‘राजनीतिक अस्थिरता र सत्ताको खेलले विकास पछि पर्यो, ‘अब त्यस्तो हुँदैन ।’ उहाँले भन्नुभयो । यसअघि भएका ५ वटा चुनाव मध्ये उहाँ २०५६ सालमा कांग्रेसकी काशी पौडेलसँग र २०६४ सालमा माओवादीकी सरला रेग्मीसँग पराजित हुनुभएको थियो । बामदेव २०७० सालमा भने निर्वाचित हुनभएको थियो ।

तीन दशकदेखि बर्दियाको राजनीतिमा क्रियाशील बामदेव गौतम २०४८ सालदेखि चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा उहाँको उम्मेदवारी छैटौं पटक हो । तर स्थानीय चुनावको आधारमा वाम गठबन्धनको मत लोकतान्त्रिक गठबन्धनको भन्दा धेरै फरक भएकाले पनि उहाँ ढुक्क हुनुहुन्छ चुनाव जीत्नेमा । उहाँ यतिबेला कार्यकर्ता संगै चुनावी अभियानमा गाउँगाउँमा चुनावी सभा र घरदैलो अभियानमा ब्यस्त हुनुहुन्छ ।

बामदेवका प्रतिस्पर्धी कांग्रेसका सञ्जय गौतम बहालवाला मन्त्रीका रूपमा चुनाव प्रचार गरिरहनु भएको छ । बामदेवले विकासे काम गर्न नसकेको नारा सञ्जय गौतमले अघि सार्नु भएको छ । उहाँले बबई, भादा र ओराही नदी व्यवस्थापन, रम्मापुर रजौनवा सडक कालोपत्रे, ओराही नदीमा पुल लगायतका विकासे योजना आफ्नो पहलमा भएको र आगामी दिनमा पनि बर्दियाको समग्र विकासमा आफू लागि पर्ने भन्दै मतदाताहरु समक्ष बताउनुभएको छ ।

यसअघि पनि बर्दियाका धेरै क्षेत्रमा एमाले र माओवादी आएको थियो, त्यसैले यसपटक २ वटै क्षेत्रमा हामी जीत्छौं बामगठबन्धनका कार्याकर्ताहरु भन्छन् । तर कांग्रेसका कार्यकर्ताहरु भन्छन् अहिलेको चुनावमा कांग्रेसको जीत निश्चित छ । संजय गौतम गाउँगाउँमा चुनावी सभा गर्दै आफ्नो चुनावी अभियानमा लाग्नु भएको छ । विहानदेखि अबेर रातिसम्म घरदैलो अभियानमा लाग्दै भ्याइनभ्याई छ । ‘बर्दियामा यसपटक कांग्रेसमय भएको छ, सबै बर्दियाबासीहरु कांग्रेस चाहान्छन्, त्यसैले यसपटक कांग्रेसको जीत निश्चत छ’ गौतमले भन्नुभयो । बर्दियामा आफ्नो क्षेत्रसहित २ वटै क्षेत्रमा जीत सुनिश्चित भएको गौतमको दावी छ ।

त्यस्तै आँकलन छ, एमाले माओवादी अर्थात वाम गठबन्धन कार्यकर्ताको पनि । अबको चुनावमा प्रतिस्पर्धा भनेकै दुबै गठबन्धन बिच हो । तर कांग्रेस अर्थात लोकतान्त्रिक गठबन्धन धेरै पछाडि छ । उम्मेदवार बामदेव गौतमले भन्नुभयो ‘बर्दियामा अरु कुनै पार्टीले नसोँचे हुन्छ दुबै क्षेत्रमा बामगठबन्धनको जीत निश्चित छ । ढुक्क हुनुहोस २ वटै क्षेत्रमा जीत पक्का छ । कांग्रेस भारी मतले हार्नेछ ।’ त्यसैले बर्दिया बामगठबन्धनको लालकिल्ला बन्ने दाबी गौतमको छ ।

दुबै उम्मेदवारको आफ्नै दाबीले गर्दा पनि बर्दियाको क्षेत्र नम्बर १ मा दुबै गौतमबिच कडा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतम र प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति एवं सिँचाइमन्त्री सञ्जय कुमार गौतमबिच चुनावी प्रतिस्पर्धा छ । दुवै जना आफ्नो साख जोगाउने होडबाजीमा छन् । यसअघि चार वटा निर्वाचन क्षेत्र भएको बर्दियामा अहिले दुई वटा क्षेत्र छ ।

यसअघि २ पटकसम्म हार बेहोर्नु भएका र २०७० सालको चुनावमा जीतेर पनि बर्दिया छाडनु भएका एमाले उपाध्यक्ष बामदेव गौतम र यसअघि २०७० सालको चुनाव जीत्नु भएका कांग्रेसका सञ्जय गौतम बिचको प्रतिस्पर्धाकै ’boutमा चर्चा बढेको छ । यसपटक त बाम गठबन्धनले गर्दा बामदेवले जित्ने पक्का हो भन्नेहरु भेटिन्छन् भने अर्को तर्फ सञ्जय गौतमले जीत्ने सम्भावना बढी छ भन्नेहरु पनि भेटिएका छन् ।

त्यस्तै प्रतिनिधीसभाका लागि बर्दियाको क्षेत्र नम्बर २ बाट पनि दुबै जना थारु उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गोपालदहित र बाम गठबन्धनबाट माओवादी केन्द्रका सन्तकुमार थारुबिच प्रतिस्पर्धा हुने भएको हो । नेपाली कांग्रेसका गोपालदहित यसअघि संबिधान सभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद हुनुहुन्छ ।

दहित शेरबहादुर प्रधानमन्त्री बनेपछी चार महिना अघि भूमिसुधार मन्त्रि बन्नु भएको थियो । यसअघि पहिलो संबिधानसभा र दोस्रो संबिधानसभा निर्वाचनमा निर्वाचित हुनुभएका बाम गठबन्धनका उम्मेदवार सन्तकुमार थारु पनि चार महिना अघि पशुपंक्षी विकास मन्त्री बन्नुभएको थियो ।
वाम गठबन्धनबाट माओवादी केन्द्रका सन्तकुमार थारु यसअघि २०६४ सालको पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हुनुभएको थियो भने थारु शेरबहादुर प्रधानमन्त्री बनेपछी चार महिनाअघि पशुपंक्षी विकास मन्त्री हुनुभएको थियो ।

लोकतान्तिक गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल दहित यसअघि संबिधानसभा चुनावमा फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद हुनुभएको थियो । दहित शेरबहादुर प्रधानमन्त्री बनेपछी केही महिना अघि भूमिसुधार मन्त्री हुनुभएको थियो । दुबै उम्मेदवार थारु बस्तिमा आफन्तजनसँग भेटघाट गर्न भन्दै चुनावी प्रचारप्रसारमा लागेका छन् । दुई पटक जीतेर विकासका लागि अग्रसर भइरहेको नारा माओवादी केन्द्र सन्तकुमार थारुको छ भने यसअघि समानुपातिकबाट जीतेर बर्दियाको विकासका लागि निरन्तर लागिरहेको पढेलेखेको थारुको बच्चा हुँ, थारु समुदायको बाहुल्यता भएको क्षेत्रको विकासमा र थारु समुदायको उत्थानका लागि भन्ने नारा कांग्रेसका गोपाल दहितको छ ।

तर यसपटक मुख्य दलहरु गठबन्धन बनाए चुनावी मैदानमा होममिएका कारण पनि बर्दियामा कस्ले बाजी मार्ने हो यसै भन्न गाह्रो छ । चारै जना उम्मेदवारहरु मन्त्री भएका कारण पनि बर्दियाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको हो । दुवै गठबन्धन मात्र होइन, नेताहरुका लागि पनि अस्तित्व रक्षाको चुनौती बन्ने देखिएको छ । सबै उम्मेदवारले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।

बर्दियाको २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रमुख दलका उम्मेदवारहरु मन्त्री भएका कारण पनि दुबै गठबन्धनका लागि मात्र नभएर नेताहरुका लागि पनि अस्तित्व रक्षाको चुनौती बन्ने देखिएको छ । यद्धपी सबै उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।

बर्दियामा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ ४ निर्वाचन क्षेत्र रहेका छन् । यसअघि ४ वटा निर्वाचन क्षेत्र रहेको थियो । बर्दियामा २ लाख ७२ हजार ४ सय ७७ मतदाता छन् । स्थानीय तह चुनाव पछी बर्दियामा १९ हजार २ सय ८९ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
रारा सञ्चार अनलाइनः यहाँ
कर्णाली अनलाइनः यहाँ

You May Also Like