बिहीबार रातिदेखि ७२ घण्टा सीमा नाका बन्द हुने

बैतडी: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आउँदो आइतबार हुन लागेको पहिलो चरणको चुनावका लागि प्रदेश नम्बर ७ मा नेपाल–भारत सीमा नाका बिहीबार रातिदेखि ७२ घण्टा बन्द हुने भएको छ ।

पलिहो चरणमा हुने चुनावमा भारतसँग सीमा जोडिएका बैतडीका झुलाघाट र दार्चुलासँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो । चुनावको समयमा सुरक्षालाई प्रबन्ध मिलाउन बिहीबार राति १२ बजेदेखि झुलाघाट नाकाबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

उहाँले चुनावी सुरक्षालाई मध्यनजर गरेर ७२ घण्टा सीमा बन्द गर्ने सहमति यसअघि नै दुईदेशका सुरक्षा अधिकारीबिच भइसकेको भन्दै बिरामी बाहेकका सबैलाई त्यो बेला नाकाबाट आवतजावत गर्न नदिइने बताउनुभयो । मंसिर १० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुनेछ । सीमानाकामा साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।

पहिलो चरणको चुनावका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । पहिलो चरण अन्तर्गत मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा चुनाव हुँदैछ ।

रारा सञ्चार अनलाइन प्रालीद्धारा सञ्चालित रारा सञ्चार अनलाइन लाई फेसबुकमा यहाँ र अर्को अनलाइन कर्णाली अनलाइन लाई फेसबुकमा यहाँ बाट भेट्न सकिन्छ । हाम्रो फेसबुक पेज लाइक गरि हामी सगँ नजिक हुनुहुनेछ भन्ने बिश्वास हामीले लिएका छौ ।

You May Also Like