ओली र दाहाल दैलेख आउदै

दैलेखः एमाले–माओवादी केन्द्रको संयुक्त कम्युन्युष्ट गठबन्धनले आगामि बिहिबार दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा संयुक्त जनसभा गर्ने भएको छ । त्यसको लागि आवश्यक तयारी पुरा भएको गठबन्धनका नेताहरुले बताएका छन् । सभालाई सम्बोधन गर्न दुबै पार्टीका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल सहित शीर्ष नेताहरुले दैलेख आउनेछन् ।

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी देशव्यापी चुनावी अभियान अन्तरगत संयुक्त आमसभा गर्न लागिएको हो ।
ओली र दाहाल आउने भएपछि यहाँ तामझामका साथ कार्यक्रम आयोजना गरिएको नेकपा माओवादी –केन्द्र) का नेता तथा अहिलेका प्रदेश उमेद्वार धर्मराज रेग्मीले बताए । सभामा करिब १० हजार मानिसहरुको सहभागिता रहने बताए ।
उनले दैलेखमा कम्युन्युष्ट गठबन्धको बहुमत आउने दाबी गरे ।

You May Also Like