डीभी चिट्ठाले पुर्यायो हिरासत !

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको छ । गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आधारमा शङ्का लागी पक्राउ परेपछि थप अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानमा आठ जनाको समूह पक्राउ परेको हो । पक्राउ पर्नेमा सिन्धुलीका रुद्र मोक्तान, ताप्लेजुङका भवानीप्रसाद भट्टराई, कालीकोटका विशालजङ्ग शाही, सुरेशबहादुर शाही, धरानका अभय पोखरेल, स्याड लाइफ कन्सल्टेन्सीका अनिल सराफ, काभ्रेका देवराज तामाङ र सन्तोषकुमार तिवारी छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार किसानी काम गर्दै आएका मोक्तान र भट्टराई ईडीभी परेपछि अन्तरवार्ता दिन एसएलसी, कक्षा १२ र बीएड पास गरेको शैक्षिक प्रमाणपत्र बोकेर राजदूतावास पुगेका थिए । आजको गोरखापत्रमा खबर छ ।

You May Also Like