प्रचण्ड र प्रकाशबीच ३६ र ६३ को यस्तो दुःखद संयोग



काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले ६३ वर्षका भएका छन् । उनका एकमात्र छोरा तथा माओवादीका केन्द्रीय सदस्य प्रकाश दाहालको भने आइतबार हृदयघातबाट ३६ वर्षको उमेरमा निधन भयो ।

नेपालीमा समाजमा उखान पनि छ, ‘मिलेपछि ६३ जसरी मिल्नु, नमिलेपछि ३६ जसरी फाट्नु’ । यी बाबु छोराको जीवनमा ६३ जसरी मिलेर लामो समय बस्ने कुरा कर्ममा लेखेकै रहेनछ । ३६ वर्षकै उमेरमा प्रकाशको निधनपछि यी बाबुछोराको सहकार्य ३६ जसरी नै सदाका लागि दैवले टुटाइदिएको छ ।

आइतबार आर्यघाटमा ६३ वर्षीय बाबुले ३६ वर्षीय छोराको चितामा दागबत्ती दिइँरहँदा आँसुका ढिक्का झार्न पुगे । छोरालाई दागबत्ती दिएपछि उनी उनले मलामी बन्न पुगेका जनतालाई अभिवादन गर्न भुलेनन् ।

यसअघि पहिलो पटक नर्भिक अस्पतालमा छोरालाई देख्दा र पेरिस डाँडामा अन्तिम श्रद्धाञ्जली दिँदा पनि प्रचण्ड सम्हालिन खोजेका थिए । तर, आँसु थाम्ने प्रयासमा उनी हरेक पटक असफल भए । दुःखको घडीमा साथ दिन आएका हजारौँ शुभचिन्तकलाई प्रचण्डले आँसु चुहाउँदै दुई हात उठाएर अभिवादन गरे । नयाँ पत्रिका दैनिकबाट

You May Also Like