सरकारकै संरक्षणमा विष्फोटका घटना भइरहेको : प्रचण्डको दावी

माओवादी नेता माथि लक्षित गरी वम विष्फोट र सवारी साधनमै आक्रमणका घटना सरकारकै संरक्षणमा भइरहेको नेकपा माअाेवादी अध्यक्ष प्रचण्डले दावी गरेका छन । निर्वाचन वोथोल्नका लागि सरकारकै निर्देशनमा यस्ताकृयाकलाप भएरहेकाे उनले अाराेप लगाएका छन् ।

चितवनको भरतपुरमा आयोजित पेशागत कर्मचारी संगठनको कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो आरोप लगाउएका हुन । चितवन क्षेत्र नं. ३ काबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रहेका प्रचण्डले शान्तिसुरक्षा कायम गराउनकाे साटाे सरकारका मन्त्रीले नै हतियार सहित पक्राउ परेकाे र पक्राउ परेकालाई छाड्न निर्देशन दिनु र वक्तव्यवाजी गर्नु नै चुनाव विरोधी गतिविधिमा सरकार आफै लागेको स्पष्ट पारे ।

उनले चुनावी गतिविधिले वाम गठवन्धनको दुई तिहाई वहुमत आउने निश्चित भएकोले विरोधीहरु आतंकित र भयभित भएर यसाे गरिरहेकाे दावि गर्दै उनले काग्रेसलाई चुनावी माहोल नविगारी लोकतान्त्रीक पद्धतीमा समाहित भई आफ्नो हैसियत वुझ्न आग्रह् गरे । उनले आजै चितवनका ३ नं क्षेत्रको गुहनगर वडा १४ शिवनगर,सुन्दरवस्ती,वडा २१ पार्वतीपुर र वडा २२ पटीहानीमा आयोजित सभामा सम्वोधन गर्नुका साथै घरदैलो गरेका छन ।

You May Also Like