आफ्नै कार्यकर्ताद्वारा कुटिइन् जनप्रतिनिधि

नेपालगञ्ज– राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ की जनप्रतिनिधि आफ्नै कार्यकर्ताद्वारा कुटिनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्यसमेत रहनुभएकी ईन्दिरा शाहीमाथि मंगलबार हातपात भएको हो ।

पीडित इन्दिराका अनुसार मंगलबार राप्रपा पार्टी कार्यालयमा जिल्ला सदस्य विष्णु सिंह ठकुरीले उहाँमाथि हातपात गर्नुभएको हो । राप्रपाको जिल्ला महिला संगठनको अधिवेशनको समयमा जिल्लाको नेतृत्वको लागि विष्णु र ईन्दिरा प्रतिस्पर्धी रहेका थिए । इन्दिराको जित निश्चित हुने देखेर खुलेआम मतपत्र र मतपेटिका च्यातेको आरोप विष्णुमाथि छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न विष्णुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

You May Also Like