चितवनबाट अध्यक्ष प्रचण्डकाे उम्मेदवारी दर्ता

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र न ३ बाट उम्मेद्वारी दर्ता गराएका छन् ।

देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताले अाज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराउने क्रममा उनले चितवनबाट दर्ता गराएका हुन । आजको मनोनयनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवजस्ता प्रभावशाली नेताले आगामी निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्दैछन् ।
मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले आज मनोनयन दर्ता गर्नेछन् । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८ सय ५२ जना मतदतालाई मतदानको अधिकार रहेको छ ।
नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’ को सफल कार्यान्वयन गर्ने क्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको हो ।

You May Also Like