कालिकोटमा भीरबाट लडेर तीन दिनमा तीन जनाको मृत्यु

दलसिंह गिरी
कालीकोट- जिल्लामा गत आइतबारदेखि बुधबारसम्म खरबारीमा घाँस काट्न जादाँ तीन जनाको मृत्यु भएको छ । भिरालो जमिनमा खरबारी भएका कारणले यहाँका अधिकांश मानिसहरु खर काट्न जाँदा ज्यान जाने गरेको छ ।

४ दिनको फरका कालिका गाउँपालिका–५ सुकाटियाका आदीप्रसाद आयार्य, नरहरीनाथ गाउँपालिका वडा–४ का मोतीबहादुर बोगटी र नरहरीनाथ गाउँपालिकाकै वडा नं. ९ का प्रदीप बाहोराको खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको छ । आचार्यको आइतबार, बोगटीको सोमबार र बोहोराको मंगलबार खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको हो ।

खरबारीमा नै घाँस काट्न गएको बेला गत शनिबार नरहरीनाथ गाउँपालिका वडा ९ लालुका पंखबहादुर रावल गम्भीर घाईते बने र उनको उपचार नेपालगञ्ज हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ ।

हिउँदका बस्तुभाउलाई घाँस खुवाउनका लागि खरवारी राख्ने गरिएको रु भिरालो जमिनमा रहेका छन्’ उनले भने, ‘हिउँदमा बस्तुभाउलाई घाँस खुवाउनका लागि खरबा खरबारी भिरालो जमिनमा हुँदा बर्सेनी मानिसको ज्यान जाने गरेको नरहरीनाथ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गगनबहादुर फडेराले बताए ।

‘खरबारीह री राख्ने चलन छ । त्यसै खरबारीमा घास काट्न जादाँ बर्सेनी मानिसहरुको ज्यान जाने गरेको छ ।’ खरबारीमा घाँस काट्न जादाँ भिरालो जमिन भएका कारणले कयौं मानिसको ज्यान जाने र कयौं मानिस भीरबाट लडेर घाइतेको हुने गरेको कालिका गाउँपालिका स्थानीय मनबहादुर कार्कीले बताए । ‘जमिन भिरालो छ’ उनले भने, ‘भिरालो जमिनमा खर काट्न जाँदा कयौं मानिस भीरबाट लडेर मर्ने र कयौं मानिसहरु घाइते हुने गरेका छन् ।’

You May Also Like