कर्णालीमा विशेषज्ञ सेवा, स्वास्थ्य अनुसन्धान सुरु

नेत्र शाही
जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कर्णालीको स्वास्थ्य अनुसन्धान थालेको छ । प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा प्रभावकारी रुपमा सञ्चालन गरिरहेको समयमा कर्णालीको स्वास्थ्य अवस्थाको ’boutमा विशेष जोड दिएको हो ।

प्रतिष्ठानले जम्लामा पत्रकार सम्मेलन मार्र्फत आफ्नो वार्षिक प्रतिवेदन तथा प्रगति समीक्षा जानकारी गराउँदै प्रतिष्ठानका तीन खम्बा स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान मध्य अव अनुसन्धानलाई अघि बढाइएको छ । प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदनमा कर्णालीको मुगु, जुम्ला र कालिकोटमा सर्वे सम्पन्न भइसकेको र अब प्रतिष्ठानको कार्यक्षेत्र तत्कालिन पिछडिएको ९ जिल्लामा स्वास्थ्य सर्वेक्षण थाल्ने तयारी गरेको हो ।

प्रतिष्ठानले कर्णालीको स्वास्थ्य अवस्था तथ्यांकीय रुपमा लिने र त्यही अनुसार उपचार सेवाको मार्ग खोल्नका लागि अनुसन्धान थालिएको प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले जानकारी दिनुभयो । उहाँले कर्णालीमा जकडिएर रहेका रोगहरुको अवस्था, स्वास्थ्य सम्बन्धित खानपान, सरकारी स्वास्थ्य संरचनाको सेवा प्रवाह जस्ता महत्वपूर्ण विषयहरु सर्वेक्षणमा आउने बताउनुभयो ।

यसैगरी प्रतिष्ठानले भइरहेका प्रगतिहरु र भावी योजनाहरु समेत अघि सारेको छ । अहिले कर्णाली प्रतिष्ठानमा अस्पतालको सेवा अन्तर्गत एक सय शैयाको अस्पताल संचालन भइरहेको छ । पहिले डाक्टरको अभाव हुने जुम्लामा १७ जना विशेषज्ञ डाक्टरसहित १५० जना विभिन्न क्षेत्रका जनशक्तिले सेवा दिइरहेको, ठूला शल्यक्रियाहरु सस्तो दरमा जुम्लामै हुने गरेको लगायतका उपलब्धी रहेको जानकारी गाराइएको छ ।

यसैगरी यो एक वर्षमा २९ हजार ९३४ जना बिरामीले सेवा लिएका र जसमा २ हजार ४९१ जनाको शल्यक्रिया भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी विपन्नलाई निशुल्क उपचार, स्वास्थ्य बिमा, स्टाफ नर्स चौथो र हेल्थ असिष्टेन्ट तेस्रो ब्याज संचालन गरिहेको प्रतिष्ठानले जनाएको छ । अध्ययन गर्नेमा ऐनको व्यवस्था अनुसार ४५ प्रतिशत कर्णाली र पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर पाएका छन् ।

You May Also Like