मंसिर २१ मा हुने निर्वाचनका लागि मनोनयन दर्ता भोलि

काठमाडौं- दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । प्रतिनिधि सभाका लागि दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका छ । प्रदेश सभाका २ सय ५६ स्थानमा पनि भोलि नै मनोनयन दर्ता हुनेछ ।

यस्तै निर्वाचन आयोगले भोलि हुने मनोनयनन दर्ताको तयारी पूरा भएको जनाएको छ । राजनीतिक दलहरुले भने मनोनयनका लागि २४ घण्टा मात्र बाँकी रहदा सम्मपनि उम्मेदवारी टुंगो लगाउन सकेका छैनन् । उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेस संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारीे छ ।

कांग्रेसले ३२ स्थानमो उम्मेदवारको टुंगो लगाएपनि कतिपय स्थानमा उम्मेदवार छान्न सकेको छैन् । मधेस केन्द्रित दलहरुसंगको चुनावी तालमेलका कारण कांग्रेसले उम्मेदवार छान्न ढिला गरेको हो । मधेस केन्द्रित दलहरुसंग छलफल जारी रहेको कांग्रेसले जनाएको छ ।

उता वामपन्थी गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवार छान्ने काम अन्तिम चरणमा पुगेको जनाएका छन् । पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ स्थानमा भने कात्तिक ५ गते नै उम्मेदवारी मनोनयन भइसकेको छ ।

You May Also Like