टान निर्वाचनमा दाहाल नेतृत्वको प्यानल घोषणा

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नवराज दाहाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

दाहाल नेतृत्वको प्यानलले होटेल वैसालीमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गरेको छ । दाहाल समूहको बरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्वितीय उपाध्यक्षमा ऋषि प्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा लामा रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा राजनप्रसाद काप्री, जीवन लामा, रविन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन् ।
नोमिनेशन गर्ने दाहालले टिम बलियो बनेको बताए ।

उनले लामो समय होमवर्क गरि बनाएको टिम समावेशी र व्यवसायिक भएको बताए । टान निर्वाचन आगामी आइतबार हुँदैछ ।

You May Also Like