यस्तो छ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारी तर्फ भने आचार्य प्यानल विजयी भएको हो ।

प्रेस युनियन र सेन्टरको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई १०५ मत अन्तरले हराउनुभएको हो । आचार्यले ७३२ मत र कोइरालाले ६३२ मत आएको छ ।

खुला उपाध्यक्षतर्फ विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन । महिला सचिवतर्फ लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवतर्फ शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र विजयी भएका छन् ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ । लेखा समिति सदस्यमा खुलामा भुपेन्द्र आचार्य र महिलामा मिराराज भण्डारी  विजयी हुनुभएको छ ।

यस्तै खुला केन्द्रिय सदस्यमा उज्यालोकर्मी लक्ष्मण कार्कीसहित नकुल अर्याल, टेकराज शाहि, हरिहरसिंह राठौर र जन्मदेव जैसी विजयी हुनुभएको छ ।

महिला सदस्यतर्फ जानुका बराल , सिर्जना अर्याल र श्वेता सिन्हा विजयी हुनुभएको छ । त्यस्तै  दलिततर्फ गोपाल बराइली, सुर्य विक, आदिवासी जनजातितर्फ राजेश चाम्लिङ राई, मधेशीतर्फ अबधेश झा, सुरेशकुमार यादब, अपांगतातर्फ माधव चम्लागाँई, अल्पसंख्यकतर्फ मोहमद इजहारुल हक मिकरानी विजयी हुनुभएको छ ।

प्रदेशतर्फका विजयी सदस्य

प्रदेश १– चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।

प्रदेश २ – सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।

प्रदेश ३ – चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी

प्रदेश ४ – चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल विजयी

प्रदेश न ५ – सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी

प्रदेश न ६ – युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी

प्रदेश ७ – युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५ र ४५ बराबर मत ।

उपत्यका – प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं विजयी ।

प्रतिष्ठान – सेन्टरका टीकाराम प्रधान र युनियनका यम विरही विजयी ।

एशोसिएट –  युनियनका  राधेश्याम दाहाल पवन अचार्य

You May Also Like