माओबादीले बनायो कर्णालीकै पहिलो महिला मन्त्री

माननिय पशुपंक्षी राज्यमन्त्रि गाेमा कुँबर

सांसद गोमा गौतम कुँवर कर्णालीकै पहिलो महिला मन्त्री बनेपछि कर्णालीबासि खुसि भएका छन् ।

माओबादि केन्द्रबाट प्रतिनिधित्व गर्दै सांसद गोमा गौतम कुँवर आइतबार पशुपक्षी राज्यमन्त्री बनेपछि कर्णालीबासिले खुसि ब्यक्त गरेका हुन् । कुँवर मन्त्री बनेपछि कर्णालीले पहिलो पटक महिला मन्त्री पाएको भन्दै कुँवरको गृह जिल्ला जुम्लाबासि तथा उहाँका शुभचिन्तक, आफन्तजनहरुले बधाइ दिन थालेका छन् ।

यतिखेर उहाँलाइ भेटेर मात्र होइन, टेलिफोन र सामाजिक संजाल मार्फत पनि बधाइ दिनेहरुको ओइरो लागेको छ । भने मन्त्री कुँवरको जन्मस्थान तातोपानि गाँउपालिका ४ गौतमबाडाबासिले उहाँ मन्त्री बनेपछि खुसियालि मनाएका छन् ।

३४ बर्षिय मन्त्री गोमा गौतम कुँवर कलिलो उमेरमै २०५६ सालदेखि माओबादि राजनितिमा लाग्नु भएको हो ।

सानै उमेरमा माओबादि राजनितिमा लाग्नु भएकि कुँवरले १० बर्षे जनयुद्धमा पनि नेतृत्वदायि भुमिका खेलेको दावि गर्नुहुन्छ । पलसटु पास गरेकि मन्त्री कुँवरले शसस्त्र जनयुद्धको कारण आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेको उहाँको पारीवारीक स्रोतले बताएको छ ।

समाजमा रहेको जातिय विभेद, लैंगिक हिंसा, छुवाछुत प्रथा, भष्टचार लगाएतका कुरीतिको अन्त्य गरी समाज परिवर्तनका लागि माओबादि राजनिति अपनाएको बताउने मन्त्री कुँवर आगामि दिनमा गाँउ, समाज, जिल्ला र देश विकासमा आफ्नो योगदान रहने बताउनुहुन्छ ।

जनयुद्धको समयमा कर्णालीका जिल्लाहरुलाइ आफ्नो कार्य क्षेत्र बनाएकि मन्त्री कुँवरले माओबादि निकट भातृ संगठन महिला समुहको जिल्लाबाट नेतृत्व गर्दै भेरी कर्णाली अध्यक्ष हुदै हाल महिला संगठनको केन्द्रीय सचिब समेत रहनुभएको छ ।

भने पार्टिको क्षेत्रीय, केन्द्रीय सदस्य हुदै अहिले पोलिटब्युरो सदस्य समेत उहाँ हुनुहुन्छ । मन्त्रीको सपथपछि कुराकानि गर्दै उहाले जुम्लासँगै कर्णाली क्षेत्रको पशुपक्षी क्षेत्रको विकासका लागि भुमिका खेल्ने बताउनुभएको छ । साथै उहाँले आफ्नो सफलतामा सबैको हात रहेको भन्दै सम्पुर्ण जुम्लाबासिलाइ समेत धन्यबाद ब्यक्त गर्नुभयो ।

You May Also Like