सोरुकोटमा खानेपानी छैन्, खच्चड मार्फत बोकिन्छ पानी

गमगढीः रारा सञ्चार अनलाईन । जिल्लाको उत्तरी क्षेत्र सोरु गाउँ पालिकाको सोरुकोटमा खानेपानीको अभाव हुँदा खच्चडबाट बोकाएर पानी आपुर्ती गर्नु पर्ने बाध्यता रहेको छ । खानेपानी अभाव हुन थाले पछि होटेल व्यवसाय गर्ने स्थानीयले पुरुमुरु गाउँको खोची खोला र जडेपानी गाउँको गोब्रे खोलाबाट खच्चडमा बोकाएर खानेपानी पिउने गरिरहेका छन ।

चालिस लिटर खानेपानी खानेपानी खच्चडबाट ओसारेको तिन सय पचास रुपैया तिर्ने गरिरहेका स्थानीयवासीले निर्वाचनको समयमा निकै सास्ती वेहोर्नु परेको थियो । निर्वाचनको समयमा एक गिलास पानी खान पनि निकै समस्या परे पछि आफुहरुले पनि खच्चडमा बोकाएर पानी खाएको छिमेकी गाउँ जडेपानीका मंगल शाहीले बताउनुभयो ।

गाउँमा कुटानी, पिसानाी मिल, फर्निचर उद्योग सचालन गरिरहेका शाहीले एक वर्ष अघि नै आफनो व्यवसायलाई सोरुकोटमा सार्ने विचार गरे पनि खानेपानी कै समस्याका कारण गाउँमा खुम्चिनु परेको उल्लेख गर्नुभयो ।

You May Also Like