हिमालय रोडिजको प्रशारण सुरु, ‘दर्शकका लागि नौलो टेलिभिजन कार्यक्रम’: अधिकारी

दर्शकका लागि एउटा नयाँ शैलीको कार्यक्रमको प्रशारण हिमालय टेलिभिजनमा सुरु भएको छ । रोमाञ्चक र कौतुहलताले भरिएको टेलिभिजन शो ‘हिमालयन रोडिज’को प्रशारण असार १९ गते सोमबारबाट सुरु भएको हो । आश्चर्यजनक लोकेशन, साहसिक र चुनौतीपूर्ण प्रतिस्पर्धा रोडिजमा हुने भएकोले यस कार्यक्रमको अन्तरराष्ट्रिय ब्रान्ड स्थापित भएको छ । हिमालय टेलिभिजनले रोडिजको प|mान्चाइज भायाकम एटिनमार्फत लिएको हो ।

एमटिभी रोडिजबाट मनोरञ्जन लिइरहेका नेपाली दर्शकलाई नेपाली संस्करणले पनि उत्तिकै मनोरञ्जन दिने कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीको दाबी छ । हिमाल, पहाड र तराई सबै भेगका छायांकन गरिएको विशुद्ध नेपाल र नेपालीपन झल्कने , नेपालीकै मात्रै सहभागिता रहेको कारण पनि कार्यक्रम हिमालय रोडिजले सबै नेपालीको मन छुने निर्देशक अधिकारीको विश्वास छ ।

उनले नेपाली टेलिभिनजमा एउटा नयाँ शैलीको कार्यक्रम सुरु भएको दाबी समेत गरेका छन् । निर्देशक अधिकारीले नेपाली टेलिभिजन कार्यक्रमलाई विश्वस्तरिय बनाउन यो कार्यक्रमले ठूलो मद्दत गर्ने दाबी गरेका छन् ।

हिमालय रोडिजको अडिसन पाँच महिना अघि पोखरा, बुटवल, चितवन, धरान र काठमाण्डौमा गरिएको थियो । कार्यक्रमको यो सिजनमा र्‍यापर आशिष राना (लाहुरे), अभिनेत्री दिया मास्के र सञ्चारकर्मी तथा अभिनेता रेमनदास श्रेष्ठ निर्णायकका रुपमा रहेका छन । हिमालय रोडिजका बिजेताले नगद २० लाख र एकथान बजाज एभेन्जर बाइक पनि पाउनेछन् । प्रत्येक हप्ताको सोमबार बेलुका प्रशारण हुने हिमालय रोडिज कार्यक्रम १८ औँ श्रृङ्खला सम्म प्रशारण हुनेछ ।

You May Also Like