‘धनपति’को सुखद ओपनिङ, आजबाट के होला ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘धनपति’ले बक्स अफिसमा सुखद ओपनिङ गरेको छ । चलचित्रले शनिबार आक्रामक व्यापार गरेको निर्माणपक्षले बताएको छ ।

काठमाण्डौका मल्टिप्लेक्समा चलचित्रको व्यापार सुखद छ । शनिबारको व्यापार उच्च भएपछि मल्टिप्लेक्समा आइतबारदेखि शो बढेको निर्माता तथा निर्देशक दीपेन्द्र के खनालले अनलाइनखबरलाई बताएका छन् ।

दीपेन्द्रले चलचित्रले २ दिनमै करोड ग्रसको व्यापार गरेको निर्देशक खनालले दाबी गरेका छन् । समिक्षकबाट मिश्रति प्रतिक्रिया पाएको यो चलचित्रले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।

‘पशुपति प्रसाद’ जस्तो चलचित्र निर्देशन गरेका दीपेन्द्र र कलाकार खगेन्द्र लामिछानेको दोश्रो पटकको प्रयास सुरुवाती दिनमा सफल देखिएको छ । चलचित्रको लाइफटाइम कलेक्शन आइतबारदेखिको व्यापारमा भर पर्नेछ ।

राजनीतिका कारण एक व्यक्तिको जीवनमा पर्ने प्रभावको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

You May Also Like