गुनासा सुन्न गृह मन्त्रालयमा हटलाइन, अाजैदेखि सुरू हुने

काठमाडौं  । गृह मन्त्रालयले जनताका गुनासा प्रत्यक्ष सुन्न र सुझाव संकलनका लागि ‘हटलाइन’ सेवा सुरु गर्न लागेको छ । ४ अंकको हटलाइन नम्बर सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिए । उनका अनुसार सोमबारबाटै हटलाइन सेवा सुरु हुनेछ ।

आजको नयाँ पत्रिकामा खबर छ– विशेषगरी प्रहरी प्रशासनसँग सम्बन्धित गुनासा सुन्न हटलाइनको व्यवस्था गर्न लागिएको स्रोतले जनाएको छ ।

‘जनतासँग गृहमन्त्री’ भन्ने नारासाथ हटलाइनको सुविधा विस्तार गर्न लागिएको मन्त्रालयले जनाएको छ । आमनागरिकका गुनासा सुनुवाइ गरी तत्काल दोषीलार्य कारबाही गर्न हटलाइन सुविधा विस्तार गर्न लागिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

पहिलो चरणमा हटलाइन सेवा ७ घन्टा खुला रहनेछ । विहान १० बजेदेखि साँझ पाँच बजेसम्म आम नागरिकले गृहमन्त्रीसमक्ष आफ्ना गुनासा राख्न पाउनेछन् । यो सेवा गृहमन्त्रीको सचिवालय मातहत रहनेछ ।

You May Also Like