खुमनको तीज गीतमा शंकर र करिश्माको प्रेम (भिडियो सहित)


गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको तीज कोशेली ‘दुर्विन लगाई’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । यो गीतको भिडियोमा मोडल करिश्मा ढकाल र निर्देशक शंकर बीसीले मोडलिङ गरेका छन् ।

गीतमा दुइले प्रस्तुत गरेको प्रेमको भावलाई व्यक्त गरिएको छ । भिडियोको निर्देशन पनि शंकर बीसीले नै गरेका हुन् । गीतमा कृष्ण बाबुको शब्द, गायक अधिकारीको नै संगीत छ । नविन घर्तीमगरले सम्पादन गरेको भिडियोको कोरियोग्राफी शंकरले नै गरेका हुन् । राजेश घिमिरले भिडियोको छायांकन गरेका हुन् ।

You May Also Like