मुगु कृषि कार्यालयको यस्तो आग्रह

गमगढीः जिल्ला कृषि बिकास कार्यालय मुगुले स्याउ आत्मनिर्भर कार्यक्रम अन्र्तगतको कृषक अनुदान रकम बैकंमा जम्मा गरिदिनका लागी कृषकहरुलाई खाता खोल्न सुचना जारी गरेको छ । हिजो जारी गरिएको सुचना अनुसार आर्थिक बर्ष २०७१÷०७२, २०७२÷०७३ र २०७३÷०७४ गरि ३ बर्षको स्याउ बिरुवा संरक्षण बापत कृषकले प्राप्त गर्ने अनुदान रकम लिन आफ्नो खाता खोलेर कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

आगामी शुक्रबार सम्ममा आफ्नो खाता खोली खाता नम्बर तथा खातावालाको नाम जिल्ला कृषि बिकास कार्यालय मुगुको बागवानी शाखामा बुझाउन कार्यालय आग्रह गरेको शाखाका प्राविधिक सहायक तेजबिक्रम मल्लले बताउनुभएको छ ।

You May Also Like