सुर्खेतमा लागु औषध सम्बन्धिका घटना बढे

विरेन्द्रनगरः सुर्खेतमा गत आर्थिक बर्षको तुलनामा यस वर्ष लागू औषध सम्बन्धी घटनामा वृद्धि भएको छ । चालू आर्थिक बर्ष २०७३/०७४ देखि हालसम्मको तथ्याङ्क अनुसार सुर्खेतमा जम्मा १६ वटा लागू औषध सम्बन्धी घटना भएका छन् ।

यस्तै घटनामा संलग्न २० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गत आर्थिक वर्ष २०७२/०७३ मा लागू औषध सम्बन्धी मुद्दा १२ वटा दर्ता भएको थियो भने घटनामा संलग्न रहेका २५ जना पक्राउ परेका थिए । पक्राउ पर्नेको संख्यामा भने गत वर्षभन्दा कमी आएको छ ।

You May Also Like