नेपालका कारागारमा रहेका विदेशीमध्ये सबैभन्दा धेरै भुटानी

काठमाडौँ । नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागकाअनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् ।

त्यस्तै, बंगलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ ९, रोमानियाली ६ र तान्जेनियाली तीन छन् । यसैगरी, भारत, भियतनाम, थाइल्यान्ड, मलेसिया, इरान, नाइजेरिया, फ्रान्स, बेलायत, श्रीलंका, दक्षिण अफ्रिका, टर्की, क्यानडा, जाम्बिया, फिलिपिन्स, स्वीडेन, रुस, सिंगापुरलगायत मुलकका कैदी छन् । तीमध्ये ६ कैदीबन्दीको ठेगाना खुलेको छैन ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले चोरी, लागुऔषध, बैंकिङ कसुर, कीर्ते नागरिकता, बिनाप्रवेशाज्ञा, कर्तव्य ज्यान, खोटा–चलनलगायत अपराधमा विदेशीलाई कारागारमा राखिएको बताए ।

नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये ३८ झापा कारागार, २१ भुम्का कारागार सुनसरी, ६१ नख्खु कारागार ललितपुर, १० मोरङ कारागार, ७४ केन्द्रीय कारागार सुन्धारा, १२ डिल्लीबजार कारागार तथा एक/एक रामेछाप, इलाम र धादिङ कारागारमा राखिएको विभागले जनाएको छ । रासस

You May Also Like