एपिल क्रिकेट: खेल मिलेमतोका लागि नेपालको मैदान प्रयोग गरेको आरोप

काठमाडौं। काठमाडौंमा चलिरहेको एसियन क्लव प्रिमियर लिग क्रिकेट प्रतियोगिताविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । खेल मिलेमतोको लागि नेपालको मैदान प्रयोग गरेर प्रतियोगिता गरिएको भन्दै अधिवक्ताहरु विकास भट्टराई, शिवजी भण्डारी र मनिषकुमार श्रेष्ठले गृहमन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो ।

खेल मिलेमतो’boutको समाचार जनता टेलिभिनजले सार्वजनिक गरेपछि प्रतियोगिता विवादमा परेको छ । यस्तै प्रतियोगितामा मिलेमतो’bout समाचार आएपछि आयोजकले जनता टेलिभिजनलाई त्रिवी क्रिकेट मैदान प्रवेशमा रोक लगाएको छ । जनता टिभीका पत्रकार मदन ढुंगाना र सुमन चापागाइँलाई आयोजक एसियन क्रिकेट फेडरेसनले समाचार संकलनमा रोक लगाएको हो ।

समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाएको प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।  एसियन क्लव प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेल भोलि मंगलबारका लागि तय भएको थियो ।

You May Also Like