सिरिष फाउण्डेसनले मीरा राईको उपचारमा सहयोग गर्ने

रारा सञ्चार
काठमाडौँ, १९ असार । सिरिष फाउण्डेसनले अल्ट्रा धाविका मीरा राईको उपचारमा सहयोग गर्ने भएको छ ।  केही समयदेखि खुट्टामा लागेको चोटको उपचार गराइरहेकी मीरालाई कीर्तिमानी पौडीबाज सिरिष गुरुङको नाममा रहेको सिरिष फाउण्डेसनले निःशुल्क उपचार गरिदिने भएको हो ।

नेपाली खेलाडी तथा खेल सम्बद्ध ब्यक्तिहरुलाई आबश्यक परेको बेला सहयोग गर्ने उद्धेश्यले स्थापित संस्थाले अल्ट्रा धाविका मीरा राईलाइ सहयोग गर्न पाउदा खुशी लागेको सो फाउण्डेसनका संस्थापक सिरिष गुरुङले बताएका छन् ।

You May Also Like