समयसिमामा वैधानिक हुन नसकेका मलेसियाका रोजगारदाता र विदेशी कामदार पक्राउ

असार १९ – मलेसियाले अवैधानिक रुपमा बसेका विदेशी कामदारलाई लक्षित गर्दै सुरु गरेको धरपकड अभियान अन्तर्गत दर्ता नभएका कामदार र रोजगारदातालाई प्रक्राउ गर्न थालेको छ ।  मलेसियामा रहेका गैरकानूनी विदेशी कामदारका लागि दर्ता अभियान सकिएको दोस्रो दिन तोकिएको समयमा दर्ता नभएका १९ वटा कम्पनी र एक हजार भन्दा धेरै कामदार पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ पर्नेमा एक सय भन्दा धेरै नेपाली कामदार पनि रहेका छन् ।

मलेसियाले गएको अक्टोबर १५ देखि जुन ३० सम्म अवैधानिक आप्रवासी कामदारको दर्ताका लागि समय दिएको थियो ।  यो अवधिमा २८ हजार ३ सय ३५ कम्पनीले एक लाख ५५ हजार छ सय ८० जना अवैधानीक कामदारको दर्ताका लागि आवेदन दिएका छन् ।  जसमध्ये एक लाख ४० हजार ७ सय ४६ वटा कार्ड दर्ता भैसकेको मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

यो अवधिमा ६ लाख कार्डको आवेदन पर्ने अनुमान गएिको थियो । तर अनुमानको २३ प्रतिशत मात्रै आवेदन परेको विभागले उल्लेख गरको छ ।  आवेदन दिनेहरुमा नेपाल, बंगलादेश, म्यान्मार र इन्डोनेसियाका कामदार धेरै छन् । पक्राउ परेका अवैधानिक कामदारलाई घरफिर्ती केन्द्रमा राखेर ‘डिर्पोट’ गरिने छ । अहिलेसम्म एक हजार ३७ कामदार पक्राउ परेका छन् ।

You May Also Like