भूकम्पका बेला कारागारबाट भागेका पक्राउ

रारा सञ्चार
काठमाडौँ, १९ असार । भूकम्प गएको बेला सिन्धुपाल्चोक कारागारबाट भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक सिन्धुकोट ७ घर भइ ललितपुरको लुभुमा बस्दै आएका २९ वर्षीय श्याम नेपालीलाई सिआइबीले पक्राउ गरेको हो।

उनी ज्यान मार्ने उद्योग मुद्दामा कारागार चलान भएका थिए। २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा सिन्धुपाल्चोक जेलबाट २ सय १२ जना कैदी भागेका थिए।

You May Also Like