नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार घट्यो

रारा सञ्चार
काठमाडौँ, १९ असार । अघिल्लो दिन २२ अंकले ओर्लिएको नेप्सेमा सोमबार झिनो अंकको सुधार आएको छ। २. ४७ अंकले नेप्से बढेर १५४४ अंकमा कायम भएको छ। साढे १२ बजेतिर १५५० नाघेको नेप्से त्यसपछि ओरालो गतिमा लाग्यो।

यस दिन १४५ कम्पनीको ४४ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो दिन ५६ करोड ७७ लाखको कारोबार भएको थियो।

बैंकिङ र विकास बैंक समूह मात्रै हरियो रहे भने अरु सबै समूह ओर्लिएका छन्। ति दुवै समूह ६ अंकले उक्लिए। होटल सबैभन्दा धेरै ३७ अंकले ओर्लिएको छ। जलविद्युत ९, फाइनान्स ४, बिमा ७ र उत्पादन ६ र अन्य समूह ३ अंकले ओर्लिए।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ५९ लाखको कारोबार भयो। सानिमा बैंकको २ करोड ३३ लाखको सेयर खरिदबिक्री भयो।

फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। त्यस्तै साइन रेसुङ्गा विकास बैंकको मूल्य ४ प्रतिशतले बढ्यो। पोखरा फाइनान्स र कन्चन विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत मूल्य गुमाए।

You May Also Like