त्रिशुली समाज युएईद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

असार १९ – युएईमा रहेका नुवाकोटका युवाले  क्यान्सर पीडितलाई अर्थिक सहयोग गरेको छन् । नुवाकोटको मेघाङ गाउँपालिका– ३ देउरालीका क्यान्सर पीडित २१ वर्षका सलिन तामाङलाई २ लाख ८ हजार रुपैयाँ सहयोग गरेका हुन् । आर्थिक अभावका कारण उपचारमा गर्न समस्यामा परेका सलिनलाई उनीहरुले दुई हप्ते रकम संकलन अभियान चलाएर आर्थिक सहयोग जुटाएका थिए ।

संकलित रकम शनिबार हस्तान्तरण गरिएको त्रिशुली समाजका सचिव सेलकर पाख्रिन तामाङले जानकारी दिनुभयो ।  त्रिसुली समाज युएईको सक्रियतामा युएई , कोरिया र इजरायलमा कार्यरत युवाहरुले सहयोग रकम जुटाएका हुन् । आन्द्राको क्यान्सरबाट ग्रसित सलिनको ग्रान्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

You May Also Like