गठबन्धन हराउँदै एमालेका छत्रपति बने फुङलिङ नगरको मेयर

१८ असार,ताप्लेजुङ । सदरमुकाम रहेको ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकामा सत्तारुढ कांग्रेस–माओवादी गठबन्धन पराजित गर्दै एमालेले जित निकालेको छ ।

फुङलिङको मेयरमा नेकपा एमालेका छत्रपति प्याकुरेल विजयी भएका छन् । प्याकुरेल ३ हजार ८ सय ९५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठवन्धन कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले ३ हजार ६ सय ६ मत प्राप्त गरे ।

You May Also Like