६२ मतले हारे लख्खा भाई, कांग्रेसका नरेन्द्र थापा विजयी


बैतडी, असार १७ । चमत्कारिक ढंगल मत पाएका राप्रपा उम्मेदवार लक्खा भाई पराजित भएका छन् ।

अखण्ड सुदूरपश्चिम आन्दोलनको रापमा राजनीतिक व्यक्तित्व बनाउन सफल लक्खा भाई पछिल्लो समयमा राप्रपा प्रवेश गरेका थिए । राप्रपाका बलियो आधार नभएपनि उनले उल्लेख्य मत पाएका छन् ।

अन्तिम परिणाम आउँदा बैतडीको दशरथ चन्द नगरपालिकामा कांग्रेस उम्मेदवार नरेन्द्रसिंह थापा विजयी भए । उनले ३७६२ मत पाए । लक्खा भाई अर्थात् पुस्करराज जोशीले भने ३७ सय मत पाए ।

उपमेयरमा कांग्रेसकै मिना चन्द विजयी भएकी छन् । उनले प्रतिस्पर्धी एमालेकी सरस्वती नेपालीलाई पछि पार्दै विजयी भएकी हुन् । चन्दले ३७ सय ३१ मत पाइन् भने नेपालीले २९ सय ९७ मत पाइन् ।

कतिपय मतदाताहरुले मत दिने क्रममा नै लख्खा भाई स्वतन्त्रबाट उठेको भए अत्यधिक मतले जित्ने बताइरहेका थिए ।

You May Also Like